श्रीलङ्काविरुद्ध भारतलाई लगातार पाँचौँ घरेलु सिरिज, सूर्यकुमारको तेस्रो शतक
नयाँ दिल्ली । श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ ।
भारतीय टोलीले श्रीलङ्कासँग लगातार पाँचौँ घरेलु शृङ्खला जितेको छ । दुई टोलीबीच भारतमा अहिलेसम्म ६ वटा सिरिज भइसकेको छ । जसमध्ये एउटा मात्रै बराबरी भएको छ जुन सन् २००९ मा खेलिएको थियो ।
आइतबार राजकोटको सौराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै २२८ रनको स्कोर बनायो। जवाफमा श्रीलङ्काका ब्याट्सम्यान १६.४ ओभरमा १३७ रनमा अलआउट भएका थिए ।
भारतको जितका नायक बने सूर्यकुमार यादव । उनले ५१ बलमा ११२ रन बनाए । खेलको प्लेयर अफ द म्याच सूर्य घोषित भए । अक्षर पटेल प्लेयर अफ द सिरिज भए । अक्षरले ११७ रन बनाएर तीन विकेट लिए ।
सूर्यकुमारबाहेक शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्काका लागि दिलशान मदुशंकाले २ विकेट लिए । कासुन रजिथा, चमिका करुणारत्ने र भानिन्दु हसरंगाले समान १–१ विकेट लिए ।
जवाफी इनिङ्समा श्रीलङ्काका कप्तान दासुन शनाका र ओपनर कुसल मेन्डिसले २३–२३ रन बनाए । धनञ्जय डि सिल्भाले २२ रन जोडे । बलर अर्शदीप सिंहले ३ विकेट लिए । हार्दिक पाण्डेय, उमरान मलिक र युजवेन्द्र चहलले समान २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण