शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्काविरुद्ध भारतलाई लगातार पाँचौँ घरेलु सिरिज, सूर्यकुमारको तेस्रो शतक

आइतबार, २४ पुस २०७९, ०६ : ३२
आइतबार, २४ पुस २०७९

नयाँ दिल्ली । श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ ।

भारतीय टोलीले श्रीलङ्कासँग लगातार पाँचौँ घरेलु शृङ्खला जितेको छ । दुई टोलीबीच भारतमा अहिलेसम्म ६ वटा सिरिज भइसकेको छ । जसमध्ये एउटा मात्रै बराबरी भएको छ जुन सन् २००९ मा खेलिएको थियो ।

आइतबार राजकोटको सौराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै २२८ रनको स्कोर बनायो। जवाफमा श्रीलङ्काका ब्याट्सम्यान १६.४ ओभरमा १३७ रनमा अलआउट भएका थिए ।

भारतको जितका नायक बने सूर्यकुमार यादव । उनले ५१ बलमा ११२ रन बनाए । खेलको प्लेयर अफ द म्याच सूर्य घोषित भए । अक्षर पटेल प्लेयर अफ द सिरिज भए । अक्षरले ११७ रन बनाएर तीन विकेट लिए ।

सूर्यकुमारबाहेक शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्काका लागि दिलशान मदुशंकाले २ विकेट लिए । कासुन रजिथा, चमिका करुणारत्ने र भानिन्दु हसरंगाले समान १–१ विकेट लिए ।

जवाफी इनिङ्समा श्रीलङ्काका कप्तान दासुन शनाका र ओपनर कुसल मेन्डिसले २३–२३ रन बनाए । धनञ्जय डि सिल्भाले २२ रन जोडे । बलर अर्शदीप सिंहले ३ विकेट लिए । हार्दिक पाण्डेय, उमरान मलिक र युजवेन्द्र चहलले समान २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप