आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सत्ता गठबन्धन बैठक

सभामुख र उपसभामुख भागबण्डा : माओवादी ४, एमाले २ र राप्रपालाई १ सभामुख, जनमत र उन्मुक्तिलाई उपसभामुख

आइतबार, २४ पुस २०७९, २१ : ४५
आइतबार, २४ पुस २०७९

काठमाडौँ । सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख उपसभामुखको पनि भागबण्डा भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै सभामुख उपसभामुख पनि टुंगो लगाएको हो । 

जसमा माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले १ प्रदेश सभामुख पाएको छ ।  बालुवाटार स्रोतका अनुसार एमालेले मधेश र कर्णाली प्रदेशमा सभामुख एमालेले लिने सहमति भएको छ भने माओवादी केन्द्रले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख पाउने भएको छ । 

त्यसैगरी बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा पर्दा प्रदेश १ र गण्डकीको उपसभामुख एमालेको भागमा परेको छ । माओवादी केन्द्रले बागमती र कर्णालीमा उपसभामुख पाउँदा लुम्बिनीको उपसभामुख राप्रपाले पाएको छ ।

मधेश प्रदेशको उपसभामुख जनमत पार्टीले लिने र सुदूरपश्चिम प्रदेशको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई लिने गरी सहमति भएको छ ।  सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै सभामुख उपसभामुखको पनि सहमति भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप