ब्राजिलमा अमेरिकी संसद जस्तै हिंसा (तस्बिरहरु)
ब्राजिलमा, पूर्व राष्ट्रपति जैर बोल्सोनारोका हजारौं समर्थकहरू आइतबार पुलिस ब्यारिकेडहरू तोडेर संसद, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरे । उनीहरुले तोडफोडसमेत गरेका छन् । प्रहरीले हालसम्म हंगामा मच्चाउने चार सय जनालाई पक्राउ गरेको छ ।
अकस्मात हमला भयो, प्रहरीले हिंसा गर्ने व्यक्तिलाई बाहिर निकाले
सरकारी भवनमा घुसेका व्यक्तिलाई प्रहरीले बाहिर निकालेको छ । सरकारले यो अकस्मात गरिएको हमलाजस्तो बताएको छ । गत हप्ता राष्ट्रपति बनेका लुइज इनासियो लुला दा सिल्भाले यसलाई फासीवादी आक्रमण भनेका छन् ।
ब्राजिलका प्रमुख सरकारी भवनहरूमा जसरी हिंसा भएको थियो, त्यस्तै हिंसा २ वर्षअघि जनवरी ६, २०२१ मा अमेरिकामा पनि भएको थियो । त्यसपछि चुनाव हारेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू क्यापिटल हिल अर्थात अमेरिकी संसद्मा प्रवेश गरेका थिए । उनीहरुले पनि हिंसा गरेका थिए । घटनाको छानबिन गर्ने समितिले हिंसाका लागि ट्रम्पलाई पूर्ण रुपमा जिम्मेवार ठहर गरेको थियो ।
समर्थकले भने, ‘अब आन्दोलन रोकिँदैन’, सरकारले भन्यो, ‘लोकतन्त्र ध्वस्त हुन दिँदैनौँ’
ब्राजिलका न्यायमन्त्री फ्लाभियो डिनोले भने, ‘अझै पनि इन्टरनेटमा यस्ता मानिसहरु छन् जसले यस्ता आतंककारी घटना अहिले नै नरोकिने बताइरहेका छन् । तर हामी उनीहरुलाई यस्तो गर्न दिनेछैनौँ । उनीहरुले ब्राजिलको लोकतन्त्रलाई ध्वस्त पार्न सक्ने छैनन् । हामी राजनीतिक संघर्षलाई अपराधको बाटोमा जान दिनेछैनौँ । अपराधीलाई अपराधीजस्तै व्यवहार गरिनेछ ।’
_YmTzgBZ1Pl.jpg)
_eaauipSlpG.jpg)
_jnOQAYgGD6.jpg)
_bG2vX1bzlq.jpg)
_W57DqTJNbd.jpg)
_tnWZ7dowhs.jpg)
_Y0KfrS7EkG.jpg)
_ZRyMXlmt13.jpg)
_fHAw09XTrs.jpg)
_Jcm0bCCHvO.jpg)
_6GHa7U3WS8.jpg)
_vnMeQXRCcC.jpg)
_FYuG7furD6.jpg)
_nBinUfn9jo.jpg)
_VUjrwXhyXG.jpg)
_iD0JAx8HUd.jpg)
_IdfvXw2rdB.jpg)
_SGaKz8rFuh.jpg)
_vvM8JZKMnT.jpg)
_MJ1P7pKmF0.jpg)
_eMh6Yer55G.jpg)
_DyMWUwpvnf.jpg)
_o104XT33EJ.jpg)
_wPqyUyEasX.jpg)
_dn6xLVKy7x.jpg)
_pRmioyk5y9.jpg)
_kAdTUp1wC8.jpg)
_pxRn0ct1DP.jpg)
_kuX2UZxUJz.jpg)
_PhuChzzkEW.jpg)
_NjMU46gTDe.jpg)
_zkacgbUuvu.jpg)
तस्बिरः रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण