सिमरा–काठमाडौँ हवाई उडानमा घटेको भाडा दर बुधवारबाट मात्रै लागु हुने
बारा । हवाई यात्रामा सबैभन्दा छोटो दुरीको सिमरा–काठमाडौँ हवाई उडानमा २ सय रुपैयाँले भाडा घटेको छ । सरकारले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँले घटाएपछि सिमरा–काठमाडौँ हवाई भाडा २ सय रुपैयाँले घटेको हो । सो घटेको भाडा दर भने बुधवारदेखि मात्रै लागु हुने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा आइतबार मध्यरातदेखि लागु हुने गरी आयल निगमले डिजेल, मट्टितेल,पेट्रोल र हवाई इन्धनको भाडा घटाएको थियो । यसअघि प्रतिलिटर १९० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । घटेको भाडा दर अनुसार अब सिमराबाट काठमाडौँको लागि यात्रुहरूले ३ हजार ९ सय भाडा तिनुपर्नेछ । यसअघि सोही दुरीको यात्राको लागि ४ हजार १ सय भाडा तिर्दै आएका थिए ।
यति एयरलाइन्सका कर्मचारी सुभाष सापकोटाले भने, ‘आन्तरिक व्यवस्थापन मिलाउनु पर्ने भएकाले घटेको भाडा दर आजैदेखि लागु गर्न सकिँदैन, बुधबारदेखि मात्रै लागु हुन्छ’ सुवेदीले भने । सिमरा–काठमाडौँ देशभरकै हवाई उडानमा सबैभन्दा छोटो समय १५ देखि १७ मिनेट लाग्दछ । सामान्य अवस्थामा सिमराबाट दैनिक बुद्ध यति,गुण र श्री एयरलाइन्स कम्पनीका एक दर्जन बढी उडान हुने गर्दछ । तर पछिल्लो एक सातादेखि मौसममा देखिएको खराबीका कारण नियमित उडान भने हुन सकेको छैन ।
त्रिभुवन विमानस्थल पछिको पुरानो आन्तरिक विमानस्थलको रूपमा रहेको सिमरा विमानस्थलमा बारा,पर्सा, रौतहट,मकवानपुरबाट र भारतीय यात्रुहरूको विशेष भिड लाग्ने गर्दछ । सिमरा विमानस्थलका प्रमुख सूर्य खत्रीले भने हवाई इन्धनको मूल्य घटे पनि सिमरा काठमाडौँ हवाई भाडादरमा कति प्रतिशतले घट्यो भन्ने विषयमा एयरलाइन्स कम्पनीहरूबाट जानकारी नआएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण