बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा दंगा : शीर्ष सरकारी अधिकारीलाई पक्राउ गर्न आदेश

बुधबार, २७ पुस २०७९, ०९ : १८
बुधबार, २७ पुस २०७९

ब्रासिलिया । ब्राजिलको प्रमुख सरकारी भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले शीर्ष सरकारी अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएको छ । स्थानीय मिडियाका अनुसार सैन्य प्रहरीका पूर्व कमान्डरलाई पक्राउ गरिसकिएको छ ।

त्यस्तै, ब्रासिलियाका पूर्व पब्लिक सेक्यूरिटी प्रमुख एन्डरसन टोरेस लगायत प्रदर्शनका लागि जिम्मेवार अन्य अधिकारीहरूलाई पक्राउ गर्न महान्यायाधिवक्ताको कार्यालयले आदेश दिएको छ । टोरेसले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरू संसद् भवन, राष्ट्रपति भव र सर्वोच्च अदालतमा प्रवेश गरेपछि प्रहरीका पूर्व कमान्डर कर्नेल फाबियो अगस्तोलाई पदबाट हटाइएको थियो । 

यो घटना लुला डा सिल्भाले राष्ट्रपति पदमा शपथ लिएपछि भएको थियो । ब्राजिलको पहेँलो फुटबल जर्सी लगाएका हजारौँ प्रदर्शनकारीहरू झण्डा हल्लाउँदै प्रहरीलाई उछिनेर प्रमुख सरकारी भवनहरूमा प्रवेश गरेका थिए । घटनापछि करिब १५ सय जनालाई पक्राउ गरिएको थियो । 
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप