ब्राजिलमा दंगा : शीर्ष सरकारी अधिकारीलाई पक्राउ गर्न आदेश
ब्रासिलिया । ब्राजिलको प्रमुख सरकारी भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले शीर्ष सरकारी अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएको छ । स्थानीय मिडियाका अनुसार सैन्य प्रहरीका पूर्व कमान्डरलाई पक्राउ गरिसकिएको छ ।
त्यस्तै, ब्रासिलियाका पूर्व पब्लिक सेक्यूरिटी प्रमुख एन्डरसन टोरेस लगायत प्रदर्शनका लागि जिम्मेवार अन्य अधिकारीहरूलाई पक्राउ गर्न महान्यायाधिवक्ताको कार्यालयले आदेश दिएको छ । टोरेसले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरू संसद् भवन, राष्ट्रपति भव र सर्वोच्च अदालतमा प्रवेश गरेपछि प्रहरीका पूर्व कमान्डर कर्नेल फाबियो अगस्तोलाई पदबाट हटाइएको थियो ।
यो घटना लुला डा सिल्भाले राष्ट्रपति पदमा शपथ लिएपछि भएको थियो । ब्राजिलको पहेँलो फुटबल जर्सी लगाएका हजारौँ प्रदर्शनकारीहरू झण्डा हल्लाउँदै प्रहरीलाई उछिनेर प्रमुख सरकारी भवनहरूमा प्रवेश गरेका थिए । घटनापछि करिब १५ सय जनालाई पक्राउ गरिएको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण