शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेशसभा

सभामुखमा कांग्रेसका रावल र माओवादीका भण्डारीको उम्मेदवारी दर्ता

बुधबार, २७ पुस २०७९, १५ : ०९
बुधबार, २७ पुस २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेपाली कांग्रसबाट मान बहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेशसभा सचिवालयले निर्धारण गरेको समयमा सभामुखमाकांग्रसबाटरावल र माओवादी केन्द्रबाट भण्डारीको उम्मेदवारी दर्ता भएको हो । 

सुदूरपश्चिम प्रदेशमा भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका रहेको छ । प्रदेश सभा सचिवालयले बुधबार बिहान १०  देखि दिउँसो साढे २ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो । सो समयमा रावल र भण्डारीले सभामुखका लागि मनोनयन दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

रावलको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् । यस्तै भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहेका छन् । 

सुदूरपश्चिममा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले  पाउने गरी सत्ता गठबन्धनमा  भागबण्डा भएको थियो ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप