सभामुखमा कांग्रेसका रावल र माओवादीका भण्डारीको उम्मेदवारी दर्ता
कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेपाली कांग्रसबाट मान बहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा सचिवालयले निर्धारण गरेको समयमा सभामुखमाकांग्रसबाटरावल र माओवादी केन्द्रबाट भण्डारीको उम्मेदवारी दर्ता भएको हो ।
सुदूरपश्चिम प्रदेशमा भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका रहेको छ । प्रदेश सभा सचिवालयले बुधबार बिहान १० देखि दिउँसो साढे २ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो । सो समयमा रावल र भण्डारीले सभामुखका लागि मनोनयन दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
रावलको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् । यस्तै भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहेका छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने गरी सत्ता गठबन्धनमा भागबण्डा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण