एकताको सन्देश दिन राष्ट्रिय नाचघरमा सांस्कृतिक कार्यक्रम
काठमाडौँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले विविध सांस्कृतिक कार्यक्रम गर्दै ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विगतमा झैं यसपटक पनि पृथ्वी जयन्तीको अवसरमा संस्थानले विशेष सांस्कृतिक कार्यक्रममा संस्थानका कलाकारहरूले राष्ट्रिय भाव, एकता र वीरताका गीतसहित लोक नृत्यहरू प्रस्तुत गरेको हो ।
कार्यक्रममा पूर्व संस्कृति मन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालको एकीकरण र अस्तित्वमा पृथ्वीनारायण शाहको ठुलो योगदान रहेको बताए । ‘हामीले पृथ्वीनारायण शाहलाई कुनै राजा महाराजाका रूपमा होइन, देश निर्माण गर्ने अभियन्ता र सांस्कृतिक एकताका सूत्रधारका रूपमा पुस २७ लाई एकता दिवसका रूपमा मनाएका हौं’, पूर्व मन्त्री भट्टराईले भने, ‘नेपालको अस्तित्व कायम हुनुमा पृथ्वीनारायण शाहको ठुलो देन छ ।’
संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले मुलुकको पर्यटन विकासमा संस्कृति र प्रकृतिको महत्त्वपूर्ण योगदान रहने बताए । ‘लोकसंस्कृति र सांस्कृतिक विविधताका कारण संसारमा हामी चिनिएका छौँ’, महाप्रबन्धक राईले भने, ‘मौलिक संस्कृतिको संरक्षणका लागि राज्यले समयमै ध्यान दिन जरुरी छ ।’
कार्यक्रममा मनोज जोशी, मदन थापा, रेखा श्रेष्ठ, शवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, बिना विक, सनम खड्गी, नवीन गुरुङ, मनीष कार्की, सिद्धार्थ सिलवाल, अक्कलबहादुर पाख्रिन, सुरभी मगर, सुमिना मगर, बाबु सेन्चुरी, केशरबहादुर पुर्जालगायत नृत्य कलाकारले सोरठी, साकेला, धिमे, झाँगड, सखिया, ट्याकुरी, छलियाजस्ता मौलिक नृत्य प्रस्तुत गरी सांस्कृतिक विविधताको सन्देश दिए । नृत्यको संयोजन शारदा सिलवाल र केशवराज राईले गरेका थिए ।
कार्यक्रममा तीर्थराज पोखरेल, शिला विष्ट, दीपेन्द्र बज्राचार्य, विपिन घिमिरे, दुर्गा परियारलगायतले ‘जहाँ सुनका बाला’, ‘यहि हो नेपाल’, ‘डर छैन देशका लागि’ जस्ता विभिन्न गीत प्रस्तुत गरे । उनीहरूलाई वाद्यवादनमा खर्कबहादुर बुढा, नरसिंहलाल श्रेष्ठ, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, सीतामैयाँ राजचल, नरेश प्रजापति, लोकराज राई, अनुप दास, तेजु श्रेष्ठलगायतले साथ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण