शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोमा जतिबेला पनि अल्छी लाग्छ ? ऊर्जाले भरपुर यी चिजलाई खानामा गर्नुहोस् सामेल

शनिबार, ३० पुस २०७९, ११ : ५९
शनिबार, ३० पुस २०७९

चिसो मौसममा धेरै मानिसलाई एक भिन्न किसिमको थकान र अल्छी महसुस हुन्छ । चिसो मौसममा चिसो बढ्ने बित्तिकै मानिसहरुलाई आफ्नो दैनिकको काम गर्न र ब्ल्याङ्केटबाट बाहिर निस्कन नै धेरै समस्या हुन्छ । तर चिसो छ भन्दैमा ब्ल्याङ्केट भित्र मात्रै बसेर पनि साध्य हुँदैन । गर्मीको तुलनामा चिसो मौसममा मानिसलाई ऊर्जा धेरै चाहिन्छ । यस्तोमा आज हामी तपाईंलाई यस्ता केही चिजबारे जानकारी दिँदै छौँ जुन चिसो मौसममा तपाईंलाई धेरै चाहिन्छ । यस्तोमा आज हामी तपाईंलाई केही यस्ता चिजबारे जानकारी दिँदैछौँ जसले तपाईंलाई ऊर्जावान् बनाइराख्न मद्दत गर्छ ।

चिसो मौसममा यी चिज खाँदा तत्काल ऊर्जा मिल्छ

हाम्रो किचनमा यस्ता धेरै चिज छन् जुन हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर केही यस्ता चिज पनि छन् जुन खाँदा तपाईंलाई चिसो मौसममा तत्काल ऊर्जा मिल्छ ।

नट्स

चिसो मौसममा नट्स तपाईंका लागि एक राम्रो विकल्प हुनसक्छ । यदि तपाईंलाई भोक लागेको छ र ऊर्जा चाहिएको छ भने नट्स खान सक्नुहुन्छ । बदाम, ओखर र पिस्ता साधारणतया सबैको घरमा निकै सजिलै पाइन्छ । यसमा ओमेगा थ्री फ्याटी एसिड र प्रोटिन हुन्छ ।

खजुर मिल्कसेक

खजुरमा भिटामिन, प्राकृतिक चिनीजस्ता ग्लुकोज, सुक्रोज र फ्रुक्टोज हुन्छ । यसले तपाईंलाई ऊर्जावान् बनाउँछ र शक्ति दिन्छ ।

मौसमी फल

चिसोमा हरियो सागसब्जी सहित यस्ता फलफूल पनि पाइन्छन् जसलाई तपाईंले आफ्नो खानामा समावेश गर्नुपर्छ जस्तै सुन्तला, स्ट्रबेरी, अंगुर, अम्बा ।

अण्डा

चिसोमा सधैँ एउटा अण्डा खानु तपाईंका लागि फाइदाजनक हुनसक्छ । अण्डामा प्रोटिनका साथै भिटामिन डी थ्री हुन्छ जसले तपाईंलाई तत्काल ऊर्जावान् बनाउन सक्छ ।

शख्खरखण्ड

शख्खरखण्ड पोषक तत्वले भरपुर खानेकुरा हो । सय ग्राम शख्खरखण्डमा ९० क्यालोरी र २४ ग्राम हेल्दी कार्ब्स हुन्छ । त्यसैले चिसोमा यो खानु निकै फाइदाजनक हुन्छ । यसले तपाईंलाई अत्यधिक मात्रामा ऊर्जा प्रदान गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप