भावभित्र एकता हुन्छ
शनिबार, ३० पुस २०७९, १८ : ४३
धेरै दिनको धुलो मैलो
अब पखाल्नु पर्छ,
आउ, प्रिय हाम्रो मुटु
आज साटनु पर्छ ।१।
आँखा चिम्ली अँध्यारोमा
रोइ बस्दा मैले,
जिन्दगीको गोरेटोमा
भन आउँछौ कहिले ? ।२।
म रुन्छु, तिमी रुन्छौ
आँसु पनि थामिदैन
भनु अब कसलाई प्रिय
बह अझ पोखिएनन् ।३।
एकताको माला गाँसी
अब हामी लगाउँ,
शान्तिको फूलवारीमा
मलाई पनि घुमाउ ।
धर्ती हाँस्छ, आकाश हाँस्छ
रन वन हाँस्छन्,
हाम्रै दिलको सागरमा
पौडी खेली नाच्छन् ।
एकतामा शक्ति हुन्छ
फुट्यौ भने टुट्छौ
वारी हाँस्छ, पारी नाच्छ
हामी आफै झर्छौं ।
दिवस हैन, भाव जगाउ
भावभित्र जगत हुन्छ्,
भावले नै सबैलाई
एकतामा बाँधी दिन्छ ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण