चीनमा कोभिडजन्य समस्याबाट एक महिनामा ६० हजारको मृत्यु
आइतबार, ०१ माघ २०७९, ०७ : २१
बेइजिङ । चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिए ।
उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो ।
सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहुँ हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण