ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण
जुम्लाको तातोपानी गाउँपालिका -६ का ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । वडाध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका ज्येष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।
हिउँदको सिजनमा जुम्लामा चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि ६ का ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार ६८ वर्ष माथिका ४३ जनालाई ज्याकेट, ६० वर्ष माथिका ६७ जनालाई मफलर र टोपी तथा २४ जना एकल महिलालाई स्विटर वितरण गरिएको छ।
अपाङ्गता भएकालाई पनि न्यानो कपडा वितरण गरिने जनाए। लक्षित वर्ग सम्मान कार्यक्रमबाट न्यानो कपडा वितरण हो। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईको रोहोबरमा न्यानो कपडा वितरण गरिएको थियो । छुटेका ज्येष्ठ नागरिक र एकल महिलालाई वडामा सम्पर्क गर्न अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण