नाइजेरियामा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु
नाइजेरिया । नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार भएको सो दुर्घटनमा परेर अरु केही व्यक्ति घाइते भएका छन् । यात्रुहरु रहेको एक बसलाई सडकमा ट्रकले ठक्कर दिएको थियो । त्यस दुर्घटनामा परेर १६ जनाको ज्यान गएको बताइएको छ ।सो बसमा कम्तीमा पनि ९० जना यात्रु रहेका बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई अस्पताल पुर्याइएको छ ।
सो प्रान्तका प्रान्तीय सुरक्षा अधिकारीले उक्त दुर्घटनामा परेर ८३ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई तत्कालै अस्पताल पुर्याइएको थियो । उक्त राज्यको मंगु गाउँनजिकै सो दुर्घटना भएको हो । यहाँको सडकको अवस्था, सवारी चालकहरुको लापरबाही र अन्य कारणले यहाँ सडक दुर्घटना प्राय हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण