शव पहिचान गर्न काठमाडौँबाट २ जना फरेन्सिक विज्ञ पोखरामा
काठमाडौं । यती एयरको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान गर्न काठमाडौँबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा गएका हुन् ।
घटनास्थलबाट संकलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । संकलन गरिएको ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । शव पहिचान गर्न र पोस्टमार्टमका सहयोग गर्न काठमाडौँबाट विशेषज्ञ चिकित्सक पोखरा गएका हुन् ।
पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)का ५ जना र काठमाडौँबाट गएका दुई जना विशेषज्ञले शव पहिचान सँगै पोस्टमार्टम गरिरहेका छन् । पहिलो चरणमा १४ जनाको पोस्टमार्टम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
एसपी केसीका अनुसार अहिलेसम्म ४२ जना मृतकको सनाखत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण