यती एयर दुर्घटना
क्याप्टेन कमल केसीसहित थप ११ जनाको सनाखत
सोमबार, ०२ माघ २०७९, १६ : ५०
काठमाडौं । यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ । विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
अहिलेसम्म गायिका निरा छन्त्यालको शवको सनाखत भएको छ । डा.सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शवको सनाखत भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल)ले जनाएको छ ।
विमानमा सवार जमुना शर्मा, शालिग्राम आचार्य, बन्दना सुनार, सीता गुरुङ, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, अनिल शाही र फ्रान्सेली नागरिक पास्कल एलेक्सको शव पहिचान भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण