शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस प्रधानमन्त्रीलाई नैतिक सङ्कटमा पारेर राष्ट्रपति लिने दाउमा छ : उपमहासचिव रिमाल

मङ्गलबार, ०३ माघ २०७९, १० : ३३
मङ्गलबार, ०३ माघ २०७९

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक सङ्कटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् । 

उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले कांग्रेससहितका अन्य दलहरूसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताए। उनले सभामुख-उपसभामुख र राष्ट्रपति-उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लबिङमा कांग्रेस नेताहरू सक्रिय भइरहेको भन्दै नेपाली कांग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढिरहेको बताए। 

उपमहासचिव रिमालले सत्तारुढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आबद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताए । उपमहासचिव रिमालले नेपाली कांग्रेसले राष्ट्रपति, सभामुख लगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्ता समीकरणमाथि भाँजो हाल्ने प्रयास गरिरहेको आरोप समेत लगाए ।

सभामुखको निर्वाचनमा यही माघ ५ गते हुँदैछ । उनले काँग्रेस राष्ट्रपतिको निर्वाचनमा पनि कर्मचारी तन्त्रलाई र राज्यका अन्य निकायहरुलाई दुबिधामा पारिदिने ढङ्गले अघि बढिरहेको बताए । उपमहासचिव रिमालले नेपाली कांग्रेसले कुनै जालझेलपूर्ण रुपमा प्रधानमन्त्रीलाई समर्थन गरेको भए त्यो सफल नहुने पनि दाबी गरे । उनले आफू बाहेक अन्य दलहरूले संविधान नै बुझ्दैनन् भन्ने किसिमले कांग्रेस लागेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाउले अघि बढेको बताए । 

उनले कांग्रेस राष्ट्रिय सहमतिको नाममा नक्कली कुरा गर्दै राष्ट्रपति आफ्नो पार्टीबाट बनाउनुपर्छ भन्दै हिँडेको बताए । उपमहासचिव रिमालले नेकपा एमालेबाट सभामुखका उम्मेदवार बन्नुहुनेका लागि मत माग्न नै प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएको बताए । उनले वर्तमान सत्ता समीकरण देशमा स्थिरता दिनुपर्छ, अर्थतन्त्रलाई सुधार गर्नुपर्छ, सामाजिक मूल्य मान्यता र संस्कारलाई क्षयीकरण हुनबाट जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा बनेको स्पष्ट पारे ।

उपमहासचिव रिमालले नयाँ सत्ता समीकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुबिधामा पार्न काँग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न पनि आग्रह गरे। 

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप