बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निकटस्थ राईलाई परराष्ट्रमन्त्री बनाउँदै एमाले

मङ्गलबार, ०३ माघ २०७९, १० : ३८
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ मानिने राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाउने भएको छ । 

यसअघि राष्ट्रपति भण्डारीको सचिवालयमा समेत रहेर काम गरेकी  राई त्यसअघि योजना आयोगको सदस्य समेत भएकी थिइन् । पञ्चायतकालमा अनेरास्ववियुमा आबद्ध राई पछिल्लो समय पार्टी राजनीतिमा भने खासै सक्रिय छैनन् । 

गैर सरकारी संस्था आइएनजीओमा समेत काम गरेकी राई  तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा २०७४ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी हुन् । 

नेदरल्याण्डको  इन्स्टिच्युट फर सोसल स्टडीजबाट विकास अध्ययनमा विद्यावारिधि गरेकी पौडेलले संयुक्त अधिराज्यको म्यानचेस्टर युनिभर्सिटीबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गरेकी छन् ।

साथै त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पूरा गरेकी पौड्याल कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विकास अध्ययन विषय अध्यापन गराएकी छिन्।

नेपालका विभिन्न सरकारी निकाय लगायत, वहुपक्षीय आर्थिक सहायता निकाय र गैर–सरकारी संस्थाहरूमा काम गरिसकेकी पौड्याल सन् २०१५ मा गएको भूकम्प पश्चात् नेपालको विपद् पछिको आवश्यकता अध्ययन लैङ्गिक समानता, सामाजिक समावेशिता र संरक्षण तथा विधागत टोलीको प्रमुख भई काम गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप