राष्ट्रपति निकटस्थ राईलाई परराष्ट्रमन्त्री बनाउँदै एमाले
काठमाडौँ । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ मानिने राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाउने भएको छ ।
यसअघि राष्ट्रपति भण्डारीको सचिवालयमा समेत रहेर काम गरेकी राई त्यसअघि योजना आयोगको सदस्य समेत भएकी थिइन् । पञ्चायतकालमा अनेरास्ववियुमा आबद्ध राई पछिल्लो समय पार्टी राजनीतिमा भने खासै सक्रिय छैनन् ।
गैर सरकारी संस्था आइएनजीओमा समेत काम गरेकी राई तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा २०७४ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी हुन् ।
नेदरल्याण्डको इन्स्टिच्युट फर सोसल स्टडीजबाट विकास अध्ययनमा विद्यावारिधि गरेकी पौडेलले संयुक्त अधिराज्यको म्यानचेस्टर युनिभर्सिटीबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गरेकी छन् ।
साथै त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पूरा गरेकी पौड्याल कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विकास अध्ययन विषय अध्यापन गराएकी छिन्।
नेपालका विभिन्न सरकारी निकाय लगायत, वहुपक्षीय आर्थिक सहायता निकाय र गैर–सरकारी संस्थाहरूमा काम गरिसकेकी पौड्याल सन् २०१५ मा गएको भूकम्प पश्चात् नेपालको विपद् पछिको आवश्यकता अध्ययन लैङ्गिक समानता, सामाजिक समावेशिता र संरक्षण तथा विधागत टोलीको प्रमुख भई काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११२ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)
-
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण