बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के खाँदा सुत्केरी आमाको दूध बढ्छ ? जान्नुहोस् घरमै हुने यी चिजबारे

मङ्गलबार, ०३ माघ २०७९, १६ : ४१
मङ्गलबार, ०३ माघ २०७९

सुत्केरी भएपछि महिलाहरूले धेरै परिवर्तनबाट गुज्रनु पर्छ । यति बेला महिलाले आफ्नो स्वास्थ्यका साथै शिशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । आमाको दूधले शिशुको शरीरमा एन्टीबडीको निर्माण हुन्छ । यसका कारण बच्चा एलर्जी, दम र अन्य सङ्क्रमित रोगबाट सुरक्षित हुने गर्छ । केही महिलाको शिशुका लागि पर्याप्त आउँदैन । यस्तोमा महिला आफ्नो डाइटमा परिवर्तन गरेर यो समस्यालाई कम गर्न सक्छन् । यति बेला महिलालाई पर्याप्त पोषणको आवश्यकता हुन्छ । पौष्टिक तत्त्वले सुत्केरीलाई छिटो निकोसमेत पार्ने गर्छ । महिलाले के खाँदा दूध बढाउन सक्छन् भन्नेबारे जानकारी लिऔँ ।

आहारमा फलफूल समावेश गर्नुहोस्

फलफूलले शरीरको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । अमिलो फल बाहेक महिलाले स्याउ, केरा, आँप, अनार, मेवालगायतका फलफूललाई ​​आहारमा समावेश गर्नुपर्छ । जसका कारण सुत्केरी महिलाले पर्याप्त पोषण पाउँछन् र यसले दूध पनि बढ्ने गर्छ ।

हरियो सागसब्जी खानुहोस्

स्तनपान गराउने महिलाले आफ्नो आहारमा हरियो सागपात समावेश गर्नुपर्छ । हरियो सागपातमा आइरन, फोलेट, क्याल्सियम र अन्य पोषक तत्त्व पाइन्छ, जसले महिलाको दूध बढाउँछ । सुत्केरी महिलाहरूले आफ्नो दैनिक आहारमा एक पटक हरियो सागपात समावेश गर्नुपर्छ ।

गाजर

गाजरमा भिटामिन ए र अन्य पोषक तत्त्व पाइन्छ । जसले महिलाको दूध बढाउनुका साथै दूधको गुणस्तर बढाउन मद्दत गर्छ । यो बजारमा सजिलै पाइन्छ पनि । महिलाहरूले यसलाई सलाद वा तरकारीमा मिसाएर आहारमा समावेश गर्न सक्छन् ।

दूध

स्तनपान गराउने महिलाले दूध पिउनुपर्छ । विशेष गरी गाईको दूधमा फोलिक एसिड, हेल्दी फ्याट र क्याल्सियम जस्ता पौष्टिक तत्त्व पाइन्छ । नियमित गाईको दूध पिउने महिलाहरूको शरीरमा दूध बनाउने प्रक्रिया छिटो हुन्छ र उनीहरुले यस्तो समस्याको सामना गर्नु पर्दैन ।

सौंफ प्रयोग गर्नुहोस्

सौंफको प्रयोगले महिलाको दूध बढाउन सकिन्छ । यसका साथै सौंफको नियमित सेवनले महिलामा ग्यास, पेट फुल्ने र पेट दुख्ने समस्या हुँदैन । महिलाहरूले राति एक चम्चासौंफपानीमा भिजाएर राख्नुहोस् र बिहान यसलाई उमालेर चियाको रूपमा पनि पिउन सकिन्छ ।

यी चीजहरू स्तनपान गराउने महिलाको आहारमा समावेश गर्नुपर्छ

जुन महिलाको बच्चालाई पुग्ने गरी दूध आउँदैन उनीहरुले आफ्नो खानामा ओट मिल, सोया, तिल, मेथीको दाना, जौ, ब्राउन राइस, सख्खर खण्ड, बदाम, नट्स वा चुकन्दर आदि समावेश गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप