प्रदेश
मधेस प्रदेशको सभामुखमा नेकपा एमालेका मण्डल निर्वाचित
मङ्गलबार, ०३ माघ २०७९, १७ : १४
जनकपुरधाम । मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ५४ मत आवश्यक पर्छ ।
सत्ता गठबन्धनका दलहरू नेकपा एमालेका, जसपाका, जनमतका, लोसपाका, माओवादी केन्द्रका, राप्रपाका, नेपाल संघीय समाजवादीका र स्वतन्त्र सांसदको समर्थनमा मण्डल सभामुखमा निर्वाचित भए । विपक्षमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले मतदान गरेका थिए ।
धनुषा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंगीलाल रायले २९ मत प्राप्त गरे । मंगलबार भएको निर्वाचनमा कुल सदस्यमध्ये १०३ जना मतदानमा सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णयक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकार जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण