प्रदेश
मधेस प्रदेशको सभामुखमा नेकपा एमालेका मण्डल निर्वाचित
मङ्गलबार, ०३ माघ २०७९, १७ : १४

जनकपुरधाम । मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ५४ मत आवश्यक पर्छ ।
सत्ता गठबन्धनका दलहरू नेकपा एमालेका, जसपाका, जनमतका, लोसपाका, माओवादी केन्द्रका, राप्रपाका, नेपाल संघीय समाजवादीका र स्वतन्त्र सांसदको समर्थनमा मण्डल सभामुखमा निर्वाचित भए । विपक्षमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले मतदान गरेका थिए ।
धनुषा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंगीलाल रायले २९ मत प्राप्त गरे । मंगलबार भएको निर्वाचनमा कुल सदस्यमध्ये १०३ जना मतदानमा सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक