सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा बेपत्ता थप १ जनाको शव भेटियो

मङ्गलबार, ०३ माघ २०७९, १७ : १८
मङ्गलबार, ०३ माघ २०७९

पोखरा ।  आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव भेटेको हो । यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । 

आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उनको भनाइ छ । ‘सेतीको पानी घटाएसँगै १ जनाको शव भेटिएको छ । अब एक जनाको खोजीकार्य भइरहेको छ’, शाहीले भने ।  उनको पहिचान हुन बाँकी छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप