विमान दुर्घटनामा बेपत्ता थप १ जनाको शव भेटियो
मङ्गलबार, ०३ माघ २०७९, १७ : १८
पोखरा । आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव भेटेको हो । यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।
आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उनको भनाइ छ । ‘सेतीको पानी घटाएसँगै १ जनाको शव भेटिएको छ । अब एक जनाको खोजीकार्य भइरहेको छ’, शाहीले भने । उनको पहिचान हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण