विमान दुर्घटनामा मृत्यु भएका २२ वटा शव परिवारलाई बुझाइयो
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका २२ जनाको शव आफन्तलाई बुझाइएको छ ।
भेटिएका ७० शवमध्ये ४८ जनाको शव मंगलबार बिहान काठमाडौं लगिएको हो ।
बाँकी रहेका २२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको थियो । पोखरामा राखिएका सबै शवको पोष्टमाटम गरेर परिवारलाई बुझाइएको अस्पतालका निर्देशक भरत खत्रीले बताए ।
‘अस्पतालमा २२ जनाकै पोष्टमाटम सकिएसँगै सबै परिवारलाई बुझाइएको छ । ३ परिवारले अस्पतालकै शव गृहमा राख्नुभएको छ । यसमध्ये २ वटा शव गण्डकी प्रदेश बाहिरको हुनुहुन्छ । यसकारण यहाँ नै राख्दिनु भन्नु भएको छ । एक जनाको श्रीमानको पनि शव पहिचानका नभइसकेकाले यहाँ नै राखिदिन अनुरोध गरेपछि यहाँ नै छ,’ खत्रीले भने ।
मंगलबार बेलुका मात्र सम्पर्कविहीन गरेका एक जनाको शव भेटिएको छ । त्यो शवलाई बुधवार मात्र पहिचानका प्रक्रिया अगाडि बढाउने खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण