दिल्ली अटो एक्सपो सम्पन्न, अटो ट्रेड डाइलगमा नेपालको तर्फबाट नाडाको प्रतिनिधित्व
काठमाडौँ । गत जनवरी १३ देखि भारतको नोइडामा आयोजित १६ औं दिल्ली अटो एक्सपो, २०२३ सम्पन्न भएको छ । सोसाइटी अफ इण्डियन मेनिफेकचरिङ्क एशोसिएशन (एसआईएएम) को आयोजनामा इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा ६ चलेको अटो एक्सपो बुधबार सम्पन्न भएको हो ।
दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे, हेभी, लग्जरी गाडीहरुको प्रदर्शन गरिएको उक्त अटो एक्सपोमा विशेष विद्युतीय गाडीहरुको प्रदर्शन गरिएको छ । विश्व प्रख्यात अटो ब्राण्ड कम्पनीहरुले भविष्यमा आफुले उत्पादन गर्ने कन्सेप्ट कारहरुको समेत मेलामा प्रदर्शन गरेका छन् ।
मेलामा नेपालसहित दक्षिण एसियाका अधिकांश मुलुकहरुको सहभागिता रहेको थियो । नेपालको तर्फबाट नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहभागिता रहेकोमा अध्यक्ष ध्रुर्व थापाले पहिलो पटक मेलामा आयोजित अटो ट्रेड डाइलगमा नेपाली अटो बजारको समस्या र चुनौतीका बारेमा आफ्नो धारणा राखे ।

यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त अटो डाइलगमा नेपाल अटो मार्केट एण्ड पोलिसी ट्रेडका विषयमा विशेष प्रस्तुति दिएका थिए । सोही डाइलग कार्यक्रममा सिलोन मोटर टे«डर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरे ।

सोही अटो एक्सपोको अवसरमा अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन (एसीएमए) ले पौष २७ गते देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा १६ औं अटो एक्सपो (कम्पोनेण्ट) प्रदर्शनी समेत आयोजना गरेको छ । नेपालको तर्फबाट नाडाको पदाधिकारी, केन्द्रिय सदस्य उद्योगि व्यवसायी तथा पत्रकार गरेर १५० भन्दा बढीको सहभागिता रहेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण