कोशी अस्पतालमा जिउँदो बालकलाई मृत्यु घोषणा प्रकरणः स्वास्थ्यमन्त्रीद्वारा चासो
काठमाडौं । कोशी अस्पतालमा उपचारका लागि लगिएका एक बालकलाई चिकित्सकले जिवित रहँदा नै मृत्यु घोषणा गरेको प्रकरणमा स्वास्थ्य मन्त्रालयले चासो व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले चासो व्यक्त गरेका हुन् ।
उनले बालकका अभिभावक र अस्पताललाई फोन सम्पर्क गरेर यसबारेमा जानकारी लिएका हुन् । बालकका बुवा दिलिप मुखियासँगको टेलिफोन संवादमा मन्त्री गिरीले दोषीमाथि कारबाही गरिने बताएका छन् । उपचारको क्रममा लापरबाही गर्न नहुने भन्दै मन्त्री गिरीले घटनाको वास्ताविकता लेखेर पठाउन र आवश्यकता अनुसार दोषीलाई कारबाही गर्न कोशी अस्पतालका निमिक्त प्रमुख डा. लक्ष्मी नारायण यादबलाई पनि निर्देशन दिएका छन् ।
१८ दिनको नवजात छोरीलाई बुवा दिलिप मुखिया र आमा उमा मुखियाले उपचारका लागि अस्पतालको इमेरजेन्सीमा लगेका थिए । तर, उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको भएपनि बच्चा जिउँदै भएको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण