चीन र रुससँग संयुक्त सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका
जोहानेसवर्ग । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ ।
विगतदेखि नै चीन र रुससँग सुमधुर रहेको देशको सम्बन्धलाई अझ सुदृढ बनाउन तीनवटै राष्ट्रका सेनाबीच बहुराष्ट्रिय जलसैन्य अभ्यास हुने दक्षिण अफ्रिकी सेनाले बिहीबार बताएको छ । आगामी फेब्रुवरी १७ देखि ‘मोसी’ संयुक्त सैन्य अभ्यास हुने दक्षिण अफ्रिकाको राष्ट्रिय प्रतिरक्षा बलले जनाएको हो । तीन देशका जलसेनाको यो दोस्रो संयुक्त अभ्यास हुनेछ । चार वर्षअघि यस्तै अभ्यास केपटाउनमा भएको थियो ।
सैन्य कारबाहीलगायत आधारभूत सीप र ज्ञान आदानप्रदान गर्न आफ्ना चिनियाँ र रुसी समकक्षीसँग देशका तीन सय ५० सैनिक कर्मचारीले संयुक्त अभ्यासमा भाग लिने दक्षिण अफ्रिकी सेनाले जनाएको छ । दक्षिण अफ्रिका ब्राजिल, रुस, भारत र चीन सदस्य रहेको ब्रिक्सको हालै अध्यक्ष बनेको हो । अमेरिका र युरोपेले नेतृत्व गरेका विश्वव्यापी शासनका संरचनालाई चुनौती दिन ब्रिक्स स्थापना भएको ठानिन्छ ।
दक्षिण अफ्रिकाले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ । पश्चिमा राष्ट्रले भने रुसमाथि धेरै किसिमका प्रतिबन्ध लगाएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण