जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा
बिहीबार, ०५ माघ २०७९, २१ : ३३
काठमाडौं । जीवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पतालका चिकित्सक निलम्बनमा परेका छन् । १८ दिनको शिशुलाई मृत घोषणा गर्ने चिकित्सक डा आशोक यादव र अन्य दुई जना चिकित्सक निलम्बनमा परेका हुन् ।
स्वास्थ्य सचिव डा रोसन पोखरेलका अनुसार उनीहरूलाई ७ दिनका लागि निलम्बन गरिएको छ । जीवित शिशुलाई मृत घोषणा गरेको विषयमा छानबिन गर्न अस्पतालले समिति गठन गरेको छ ।
छानबिन समितिले काम अगाडि बढाउने भएपछि डा यादव र अन्य दुई चिकित्सक निलम्बन गरिएको हो । उनीहरूलाई स्वास्थ्य मन्त्री पदम गिरीको निर्देशनपछि निलम्बन गरिएको छ । शिशुको अहिले एक निजी अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण