सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा

बिहीबार, ०५ माघ २०७९, २१ : ३३
बिहीबार, ०५ माघ २०७९

काठमाडौं । जीवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पतालका चिकित्सक निलम्बनमा परेका छन् । १८ दिनको शिशुलाई मृत घोषणा गर्ने चिकित्सक डा आशोक यादव र अन्य दुई जना चिकित्सक निलम्बनमा परेका हुन् ।

स्वास्थ्य सचिव डा रोसन पोखरेलका अनुसार उनीहरूलाई ७ दिनका लागि निलम्बन गरिएको छ । जीवित शिशुलाई मृत घोषणा गरेको विषयमा छानबिन गर्न अस्पतालले समिति गठन गरेको छ ।

छानबिन समितिले काम अगाडि बढाउने भएपछि डा यादव र अन्य दुई चिकित्सक निलम्बन गरिएको हो । उनीहरूलाई स्वास्थ्य मन्त्री पदम गिरीको निर्देशनपछि निलम्बन गरिएको छ । शिशुको अहिले एक निजी अस्पतालमा उपचार भइरहेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप