हलिउड अभिनेता एलेक बाल्डविनमाथि चल्नेछ अनैच्छिक हत्याको मुद्दा
हलिउड अभिनेता एलेक बाल्डविनमाथि अनैच्छिक हत्याको मुद्दा चलाइने भएको छ । एलेक बाल्डविनले एक फिल्मको सुटिङका बेला सिनेम्याटोग्राफर हेलिना हचिन्समाथि प्रप गन (फिल्म वा टेलिभिजनको सुटिङमा प्रयोग हुने बन्दुक) बाट गोली चलाएका थिए जसका कारण उनको मृत्यु भएको थियो ।
अक्टोबर २०२१ को घटनाका कारण बाल्डविनमाथि यो मुद्दा चलाइँदैछ । उनीहरू न्यु मेक्सिकोको सान्टा फे नजिकै एक रेन्चमा ‘रस्ट’ नामको एउटा फिल्मको सुटिङ गरिरहेका थिए । त्यति नै बेला यो घटना भएको हो ।
यो घटनामा बाल्डविनसँग फिल्मकी आर्मरर हान् गुतिरेट रिडमाथि पनि मुद्दा चलाइनेछ । दुबैका वकिलले आफूहरू अदालतमा यो मुद्दा लड्ने बताएका छन् ।
उनले एक बयानमा भने, ‘यो मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण छन् । मेरो नजरमा कोही पनि कानुनभन्दा माथि छैन । र हरेक व्यक्ति न्यायको हकदार छन् ।’
दुवैमाथिको आरोप प्रमाणित भए १८ महिनाको जेल सजाय र पाँच हजार डलर जरिवाना हुन सक्नेछ । जुरिले मुद्दाको फैसला गर्नेछ ।
उक्त घटनामा फिल्मका निर्देशक जोएल सुजा पनि घाइते भएका थिए तर अभियोजकका अनुसार यसमा कुनै मुद्दा चलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण