युभेन्टसमाथि कारबाही, लिगमा १५ अङ्क घटाइयो
टुरिन । क्लबले खेलाडीको खरिद–बिक्रीमा अनियमितता गरेको आरोपमा युभेन्टसको १५ अङ्क घटाइएको इटालीको फुटबल फेडरेसन (एफआईजीसी) ले जानकारी दिएको छ । खेलाडीको ट्रान्सफरमा कृत्रिम नाफा देखाएर क्लबको हिसाब मिलान गराएको सिरिए क्लबमाथि आरोप लागेको थियो ।
हाल तेस्रो स्थानमा रहेको युभेन्टसको १५ अङ्क घटाएपछि लिगको १० औँ स्थानमा खस्किनेछ । युभेन्टसले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ । क्लबले निर्णयविरुद्ध पुनरावेदन दिने अपेक्षा गरिएको छ । क्लबका वकिलहरूले यसबारे विस्तृत अध्ययन गरिरहेको प्रतिक्रिया दिएका छन् ।
यसअघि गत नोभेम्बरमा क्लबका अध्यक्ष आन्ड्रेया एग्नेली र उपाध्यक्ष पाभेल नेडभेडले राजीनामा दिएका थिए । एफआईजीसीले एग्नेली र क्लबका पूर्व सीईओ माउरिजियो एरिभाबेनमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ । एग्नेली १२ वर्ष क्लबका अध्यक्ष रहेका थिए । यो समयमा क्लबले ठुलो घाटा बेहोरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण