केपी ओलीको हातबाट हमालले लिए ‘महानायक सम्मान’
आइतबार, ०८ माघ २०७९, १५ : २२
काठमाडौँ । अभिनेता राजेश हमालले ‘महानायक सम्मान’ लिएका छन् । शनिबार भक्तपुरको दुई पोखरीमा आयोजित ‘चौंथो एपिक नेपाल अवार्ड’ हमाललाई एक लाख एक हजार एक सय एघार राशिको ‘महानायक’ सम्मान पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदान गरेका हुन् ।
कार्यक्रममा हमाल पत्नी मधुसहित नेवारी पहिरनमा उपस्थित भएका थिए । हमाललाई नेवारी पहिरनमा देख्दा स्थानीयहरुको अनुहारमा खुसीको चमक देखिएको थियो । कार्यक्रममा उनलाई हेर्नकै लागि भीड लागेको थियो ।
सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं ४ को संयुक्त सहकार्यमा भएको अवार्ड चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु वसुन्धरा भुसाल र गौरी मल्ल लगायतको समेत उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण