पाँच गोलको थ्रिलरमा आर्सनलको उत्कृष्ट पुनरागमन
लण्डन । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । आइतबार राति पाँच गोलको रोमाञ्चक खेलमा आर्सनल ३–२ गोलअन्तरले विजयी बनेको हो । म्यानचेस्टर सिटीले वुल्भ्सलाई हराएपछि दबाबमा रहेको आर्सनलले उत्कृष्ट जवाफ दिँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम गर्न सफल रह्यो ।
खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको १७ औँ मिनेटमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मार्कस रासफोर्डले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर लगत्तै एडी एनकेटियाले ग्रानिट जाकाको क्रसमा आर्सनललाई खेलमा फर्काए ।
दोस्रो हाफमा बुकायो सकाले आर्सनललाई दिलाए पनि युनाइटेडले पनि ६ मिनेटपछि नै लिसान्ड्रो मार्टिनेजको गोलमा खेल बराबरी गर्न सफल भयो । बराबरीतर्फ अग्रसर खेलको अन्तिम मिनेटमा एनकिटेयाले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई रोमाञ्चक जीत दिलाए ।
१९ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलको ५० अंक रहेको छ भने २० खेल खेलेको युनाइटेडको ३९ अंक छ । युनाइटेड तालिकामा चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीले २० खेल खेल्दै ४५ अंक बटुलेको छ भने तेस्रो स्थानमा रहेको न्युक्यासलको ३९ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण