शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एभर्टनले गर्‍यो प्रशिक्षक लाम्पार्डलाई बर्खास्त

सोमबार, ०९ माघ २०७९, २१ : ३०
सोमबार, ०९ माघ २०७९

काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । एभर्टनले लगातार पछिल्लो तीन खेलमा हार ब्यहोर्यको छ । एभर्टन यो सिजन रेलिगेसन क्षेत्रमा छ । 

टोलीले निरन्तर खराब प्रदर्शन गरेपछि एभर्टनले लाम्पार्डलाई बर्खास्त गरेको हो । एभर्टन शनिबार मात्र एभर्टन वेस्ट ह्यामसँग २–० गोल अन्तरले हारेको थियो । 

लाम्पार्डको नेतृत्वमा एभर्टनले खेलेको सबैखाले प्रतियोगिताको ९ खेलमा ८ हार व्यहोरेको छ । एभर्टन १५ अंक जोडेर १९ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप