मन्त्रालय घटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
दाङ । लुम्बिनी प्रदेशको अघिल्लो सरकारले १३ वटा मन्त्रालय कायम गरेको थियो । तर प्रदेशको नयाँ सरकारले तीन मन्त्रालयलाई गाभेर १० वटा मन्त्रालय कायम गर्ने तयारीमा रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अनुसार शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई गाभेर दश वटा मन्त्रालयमा सीमित गर्न लागिएको हो ।
प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय कायम राख्ने योजना छ । जसका कारण मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय आन्तरिक गृहकार्य समेत गरिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय दाङले जनाएको छ । आर्थिक व्ययभार कारण देखाउँदै सरकारले मन्त्रालय घटाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण