उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री पौडेलको आग्रह
मंगलबार, १० माघ २०७९, १९ : ३२

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैक तथा वित्तीय क्षेत्रलाई आग्रह गरेका छन् ।
मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने बताएका हुन् ।
सोही अवसरमा मन्त्री पौडेलले बैंकहरुको नाफामा भन्दा गुणस्तरीय सेवा प्रवाहमा प्रतिस्पर्धा हुनुपर्ने बताए । बैक तथा वित्तीय संस्थाहरुमा मात्र नभई अन्य सार्वजनिक संस्थाहरुमा समेत संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त र शून्य सहनशीलता नीति अपनाउनुपर्ने बताए ।
सोही अवसरमा मन्त्री पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंकले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने