उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री पौडेलको आग्रह
मङ्गलबार, १० माघ २०७९, १९ : ३२
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैक तथा वित्तीय क्षेत्रलाई आग्रह गरेका छन् ।
मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने बताएका हुन् ।
सोही अवसरमा मन्त्री पौडेलले बैंकहरुको नाफामा भन्दा गुणस्तरीय सेवा प्रवाहमा प्रतिस्पर्धा हुनुपर्ने बताए । बैक तथा वित्तीय संस्थाहरुमा मात्र नभई अन्य सार्वजनिक संस्थाहरुमा समेत संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त र शून्य सहनशीलता नीति अपनाउनुपर्ने बताए ।
सोही अवसरमा मन्त्री पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंकले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण