शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फाटेको दूधको पानीमा प्रोटिन, मिनरल्स, भिटामिन हुन्छ : नफ्याँक्नुहोस्, प्रतिरोधी क्षमता बलियो हुनेछ

बुधबार, ११ माघ २०७९, ११ : ५२
बुधबार, ११ माघ २०७९

बजारमा पाइने पनिर धेरैलाई चित्त बुझ्दैन । यस्ता मानिसहरु घरमा नै पनिर बनाउन रुचाउँछन् । कतिपटक गल्तीले दूध फाट्दा पनि मानिसले पनिर बनाउँछन् । दूधबाट पनिर वा रसबरी बनाएपछि मानिसले फाटेको दूधको पानी फ्याँक्ने गर्छन् वा कसैले अर्को पटक दूध फटाउने केही मात्रामा राख्न पनि सक्छन् । अरु फ्याँकिदिन्छन् ।

तर फाटेको दूधको यो पानी असाध्यै गुनिलो छ । पकाउने बेलामा यसलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । साथै यसमा पर्याप्त मात्रामा प्रोटिन र ल्याक्टिक एसिडजस्ता पोषक तत्व पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

यस्तोमा फाटोको दूधको पानीको फाइदा र यसको प्रयोगका केही शानदार तरिकाबारे जानकारी लिऔँ ।

फाटेको दूधको पानी हुन्छ मिनरल्स र भिटामिनले भरपुर

भारतकी न्युट्रिसनिष्ट प्रियंक सिंहका अनुसार फाटेको दुधको पानीमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, क्याल्सियम र ल्याक्टिक एसिडबाहेक प्रचुर मात्रामा विभिन्न खालका मिनरल्स र भिटामिन पाइन्छन् । यसमा क्याल्सियम शून्य बराबरको हुन्छ । यसको प्रयोग खाना बनाउनेदेखि पिउनका लागि सम्म गर्न सकिन्छ । यसले हाम्रो प्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, यसले उच्च रक्तचापमा पनि निकै फाइदा पुर्याउँछ । यो पिउँदा मृगौलाले निकै राम्रोसँग काम गर्छ ।

दैनिक पिउँदा पाचन तन्त्र बलियो हुनेछ

प्रियंका सिंह थप्छिन्, ‘नुन हालेर फाटेको दूधको पानी पिउँदा पाचन तन्त्र बलियो रहन्छ । यसले छिटो खाना पचाउँछ र भोक पनि जगाउँछ । लो क्यालोरीका कारण तौल बढ्ने डर पनि कम रहन्छ ।’

यसरी गर्न सकिन्छ फाटेको दूधको पानीको प्रयोग

पिठो मुछ्न : पिठो मुछ्न फाटेको दूधको पानी प्रयोग गर्दा रोटी नरम हुन्छन् ।

तरकारीको ग्रेभीमा : तरकारीको ग्रेभीमा पानीको साटो फाटेको दूधको पानी हाल्दा ग्रेभी बढी रिच, स्वस्थ र स्वादिलो हुन्छ । जुनसुकै तरकारीको ग्रेभीमा फाटेको दूधको पानी प्रयोग गर्न सकिन्छ ।

सूपमा : कुनै पनि भेजिटेबल सुपमा पानीको साटो यसको प्रयोग गर्न सकिन्छ ।

भात पकाउन : भात वा पुलाउ बनाउन पनि सादा पानीको साटो यसको प्रयोग गर्न सकिन्छ ।

कपाल धुन : फाटेको दुधको पानीका अन्य धेरै प्रयोग पनि छन् । यो पानीले कपाल धुँदा कपाल नरम हुन्छन् । साथै, चाया पनि कम हुन्छन् । मुख धुँदा पनि यो पानी प्रयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप