जासुसीको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्षको जेल सजाय
वासिङ्टन । जासुसीको आरोपमा एक चिनियाँ नागरिकलाई अमेरिकामा आठ वर्ष जेल सजाय सुनाइएको छ । हवाई क्षेत्रको व्यापारको तथ्यांक चोरी गर्ने चिनियाँ प्रयाससँग संलग्न मुद्दामा उनलाई सजाय सुनाइएको हो । ३१ वर्षीय जी चाओकुनले यसका लागि वैज्ञानिक र इन्जिनियरहरुको पहिचान गर्ने काम गरेको अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । उनले सो तथ्यांक जियाङ्सु प्रान्तको मिनिस्ट्री अफ सेक्युरिटीलाई उपलब्ध गराएको आरोप छ । उनी ढाँटेर अमेरिकी आर्मीको रिजर्भ फोर्समा भर्ना भएको पनि उल्लेख गरिएको छ ।
जीले चीनको गुप्तचर विभागको विशेष युनिटको निर्देशनमा काम गर्ने गरेको अमेरिकाको आरोप छ । गत सेप्टेम्बरमा उनलाई विदेशी सरकारको एजेन्टको रुपमा काम गरेकोमा दोषी करार गरिएको थियो । जी एक दशकअघि विद्यार्थी भिसामा अमेरिकामा प्रवेश गरेको डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण