माडागास्करमा आँधीबाट १६ जनाको मृत्यु, १९ बेपत्ता
एजेन्सी । माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ । प्राप्त समाचार अनुसा माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ । सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।
सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण