पाल्पाको रामपुरमा डिजिटल नागरिक बडापत्र
पाल्पा । कार्यालयबाट प्रवाह हुने सेवालाई व्यवस्थित गर्न पाल्पाको रामपुर नगरपालिकाले डिजिटल नागरिक बडापत्र स्थापना गरेको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र जडान गरेको हो ।
नगरपालिकाले कार्यालयबाट प्रवाह हुने सेवाको विस्तृत जानकारी सहितको डिजिटल बडापत्र राखेको छ । डिजिटल बडापत्रमा आफूले कुन सेवा लिन चाहेको हो त्यसको बारेमा विस्तृत रूपमा जानकारी राखिएको छ ।
बडापत्रमा कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा कसरी लिने, कहाँ लिने र आवश्यक कागजी प्रक्रियाको बारेमा जानकारी राखिएको छ । साथै डिजिटल नागरिक बडापत्र कसरी चलाउने भन्ने सञ्चालन विधि पनि राखिएको छ । सेवाग्राहीले सिधै आफूले लिन चाहेको सेवाको बारेमा आवश्यकता अनुसार स्वयम हेर्न सक्नेछन् ।
नगरभित्रका केही वडामा राखिएको र अन्य वडा कार्यालयमा पनि डिजिटल नागरिक बडापत्र राखिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए ।
उनले डिजिटल नागरिक वडापत्रमार्फत आफूले सेवा लिने स्थान र प्रक्रियाको विषयमा थाहा पाउन सजिलो हुने उल्लेख गरे । प्रविधिको युगसँगै सरल र सहज रूपमा आफूले लिन चाहेको सेवाको विषयमा सेवाग्राहीले जानकारी पाउन सजिलो होस् भन्ने उद्देश्यले डिजिटल नागरिक वडा पत्र राखिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए ।
प्रविधिको उच्चतम प्रयोगसहित डिजिटल नागरिक बडापत्र राखेसँगै हरेक सेवा लिँदा सेवाग्राहीलाई सहज हुने विश्वास उनले व्यक्त गरे । रामपुर नगरपालिकाको वडा नं. ४, ५ र ६ मा पनि डिजिटल नागरिक बडापत्र राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण