शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भिभोद्वारा नेपालमा नयाँ मोडलको वाई ०२ मोवाइल सार्वजनिक

आइतबार, १५ माघ २०७९, १२ : १९
आइतबार, १५ माघ २०७९

काठमाडौँ । अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरूलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरू प्रदान गर्ने कम्पनीको दाबी छ ।

वाई ०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५ हजार एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्‍याम प्लस ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोनको मूल्य  १२ हजार ४९९ तोकिएको छ । 

वाई ०२ मा ६.५१ इन्चको एजडी प्लस डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । 

वाई ०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने,-“युवा उपभोक्ताहरूलाई लक्षित गरी वाईसिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरूका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन् ।”

वाई०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूको  क्यामेरा अनुभवलाई सुधार गर्ने कम्पनीको विश्वास रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप