एक महिना दैनिक १५ सय अग्रिम अनलाइन फारम खोल्ने राहदानी विभागको तयारी
आइतबार, १५ माघ २०७९, २२ : ३०
काठमाडौँ । राहदानी विभागले सोमबारदेखि लागू हुनेगरी एक महिनाका लागि प्रत्येक दिन १५ सयका दरले अग्रिम अनलाइन फारम खोल्ने भएको छ । विभागले यसरी अग्रिम अनलाइन फारम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्ष समेत गरेको छ ।
आइतबार एक सूचना जारी गरी विभागले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरुलाई पनि अग्रिम अनलाइन फारम खोल्न अनुरोध गरेको छ ।
विभागले यसरी काम गर्दा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिन, पहाडका जिल्लाहरुमा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशस्थित नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी प्रप्ता गर्न सकिने जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण