बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिना दैनिक १५ सय अग्रिम अनलाइन फारम खोल्ने राहदानी विभागको तयारी

आइतबार, १५ माघ २०७९, २२ : ३०
आइतबार, १५ माघ २०७९

काठमाडौँ । राहदानी विभागले सोमबारदेखि लागू हुनेगरी एक महिनाका लागि प्रत्येक दिन १५ सयका दरले अग्रिम अनलाइन फारम खोल्ने भएको छ । विभागले यसरी अग्रिम अनलाइन फारम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्ष समेत गरेको छ ।

आइतबार एक सूचना जारी गरी विभागले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरुलाई पनि अग्रिम अनलाइन फारम खोल्न अनुरोध गरेको छ ।

विभागले यसरी काम गर्दा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिन, पहाडका जिल्लाहरुमा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशस्थित नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी प्रप्ता गर्न सकिने जनाएको छ ।

rahadaniraha2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप