बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प

सोमबार, १६ माघ २०७९, १० : १८
सोमबार, १६ माघ २०७९

चीनको अरलमा सोमबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ । भूकम्प ५.९ म्याग्नेच्युडको रह्यो । युरोपेली–भूमध्यसागरीय भूकम्पीय केन्द्र (इएमएससी)ले यसबारे जानकारी दिएको हो ।

हालसम्म कुनै पनि खालको क्षतीको विवरण आएको छैन । भूकम्प अरल (चीन) को १११ किमी दक्षिण पूर्वमा आएको हो । यसबाहेक मध्य एशियामा स्थित देश किर्गिस्तानमा पनि भूकम्पको झट्का महसुस गरिएको छ, जसको तीव्रता ५.८ रह्यो ।

शनिबार इरानको खोय शहरमा पनि भूकम्प आएको थियो जसमा सातजनाको मृत्यु भयो र करिब ४४० जना घाइते भए । भूकम्पको तीव्रता ५.९ थियो । भूकम्पको झट्का आसपासका थुप्रै शहरमा पनि महसुस गरियो । भूकम्प टर्की–इरान सीमा नजिकै उत्तर पश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोय शहरमा आएको हो ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप