माओवादी स्थायी समिति बैठक सरेको सर्यै, के–के हुँदैछ छलफल ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक गत माघ १२ गतेदेखि जारी छ । सोमबार स्थायी समिति बैठक स्थगित गरेर पदाधिकारी बैठक बस्यो । अब मंगलबार बिहान ११ बजे पदाधिकारी बैठक बसेर अर्को एकदिन बसेर स्थायी समिति बैठक सक्ने तयारी छ ।
पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक स्थायी समिति बैठक बसेको हो । सरकारका काम कारवाही, सत्ता साझेदार दलका समन्वय र सहकार्य र पार्टी संगठनका विषयमा छलफल भइरहेको सचिव मातृका यादवले बताए । ‘अहिले पार्टी अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ । सरकार र पार्टी दुबैतिर ध्यान दिनुपर्यो । प्रयाप्त समय दिन नसकेकाले बैठक लम्बिरहेको छ’ यादवले भने, ‘आज पदाधिकारी बैठक सकेर भोलि स्थायी समितिबाट निर्णय गरेर जाने तयारी थियो । प्रधानमन्त्रीज्यूको अर्को कार्यक्रम भएकाले थोरै छलफल मात्रै भयो । अब भोलि पदाधिकारी बैठक बसेर अर्को एक दिन स्थायी समितिबाट निर्णय गराएर जाने तयारी छ ।’ पार्टीसहित जनवर्गीय संगठनलाई कसरी सक्रिय र प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर छलफल भई रहेको यादवले बताए । ‘अब संगठन परम्परागत ढंगले चल्दैन । एउटैलाई धेरै जिम्मेवारी काम नहुने भयो । सबैलाई सक्रिय बनाउनेगरी संगठन कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल र सुझाव लिने कार्य भइरहेको छ’ यादवले भने, ‘पार्टी र संगठनलाई जीवन्त बनाउनेगरी गृहकार्य जारी छ । अरु नेताहरुको कार्यविभाजनका विषयमा समेत छलफल चलिरहेको छ ।’
तर, पार्टीका अर्का सचिव गणेश शाहले पार्टी नेतृत्व अब कता जाने भन्ने विषयमा स्पष्ट नहुँदा अलमल जस्तो देखिएको जिकिर गरे । ‘अहिले महासचिव देव गुरुङको नेतृत्वमा बनेको कार्यदलले आफ्नो कामगरी रहेको छ । पार्टी निर्माणका विषयमा सुझाव दिने र ब्रिफिङ गर्ने कामगरी रहेको छ’ शाहले भने, ‘हाम्रो पार्टी नेतृत्व नै अबको आन्दोलन कसरी कहाँ लग्ने भन्ने विषयमा स्पष्ट चित्र बनाई नसकेकाले अलमल परेको हो कि जस्तो लाग्छ ।’ पार्टी र आन्दोलनले एउटा दिशा समाउन नसक्दा सबैतिर अलमल देखिएको हो जस्तो अनुभूति हुन थालेको शाहले बताए ।
बैठकमा सरकारमा सहभागी मन्त्रीले गणतन्त्र र संघीयताका विषयमा विरोध गरेको विषयमा समेत नेताहरुले आलोचना गरेका छन् । सरकारमा सहभागी मन्त्रीले संविधान विपरित बोल्नु कानुन र नैतिक रुपमा ठिक नभएको बताउने गरेका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति काम गरेर जानुपर्ने विषय र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पुनः गृह मन्त्रालयमा फर्किन लागेको प्रसंगमा समेत नेताहरुले उठाएका छन् । अहिले महासचिव देव गुरुङको नेतृत्वमा संगठनको कार्यविभाजन, पोलिटब्यूरो गठन र पार्टीको भावी योजनाका विषयमा प्रस्ताव ल्याउन अख्तियारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण