क्याम्पस प्रमुख बरालमाथि अपराधिक समूहद्वारा जबर्जस्ती गरियो : अखिल क्रान्तिकारी

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख लोकबहादुर बराललाई जबर्जस्ती राजीनामा गर्न बाध्य पारिएको आरोप लगाएको छ । सो संगठन शनिबार एक विज्ञप्ति जारी गरी सहायक क्याम्पस प्रमुख दिपक गुप्ता, अनेरास्ववियूका केन्द्रीय सदस्य कमल जोशी र उज्जल भण्डारी लगायतको समूहले बराललाई जबर्जस्ती राजीनामा गराएको आरोप लगाएको हो ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहद्वारा जारी विज्ञप्तिमा सो समूहले अपहरण र गुण्डागर्दीको शैलीमा बराललाई जबर्जस्ती राजीनामापत्रमा हस्ताक्षर गराई त्रिवि उपकुलपतिको कार्यालयमा लैजाने क्रममा भण्डारी र गुप्तालाई प्रहरीले पक्राउ गरेको र जोशी फरार रहेको उल्लेख छ । अध्यक्ष सिंहले उक्त घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यानकर्षण भएको बताउँदै सो आराधिक घटनामा संलग्न समूहलाई तत्काल गिरफ्तार गरी कानुनी कार्वाही गर्न आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्मसिटीमा लगानी अन्योल : काभ्रेले उत्साहित बनाउँदा, ‘दोलखा’ले निराश
-
थोमस मुलरका लागि सुखद रह्यो घरेलु मैदानमा खेलिएको अन्तिम खेल
-
गायक सुगम पोखरेलको 'यति छिटो' बोलको गीत सार्वजनिक
-
प्रचण्डलाई शंकर पोखरेलको प्रश्न–तपाईं के बोल्दै हुनुहुन्छ ?
-
नेपालमा फिल्मसिटी अत्यावश्यक भइसक्यो
-
‘फिल्मसिटी के हो भन्ने ६० प्रतिशत फिल्मकर्मीलाई नै थाहै छैन’