क्याम्पस प्रमुख बरालमाथि अपराधिक समूहद्वारा जबर्जस्ती गरियो : अखिल क्रान्तिकारी
काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख लोकबहादुर बराललाई जबर्जस्ती राजीनामा गर्न बाध्य पारिएको आरोप लगाएको छ । सो संगठन शनिबार एक विज्ञप्ति जारी गरी सहायक क्याम्पस प्रमुख दिपक गुप्ता, अनेरास्ववियूका केन्द्रीय सदस्य कमल जोशी र उज्जल भण्डारी लगायतको समूहले बराललाई जबर्जस्ती राजीनामा गराएको आरोप लगाएको हो ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहद्वारा जारी विज्ञप्तिमा सो समूहले अपहरण र गुण्डागर्दीको शैलीमा बराललाई जबर्जस्ती राजीनामापत्रमा हस्ताक्षर गराई त्रिवि उपकुलपतिको कार्यालयमा लैजाने क्रममा भण्डारी र गुप्तालाई प्रहरीले पक्राउ गरेको र जोशी फरार रहेको उल्लेख छ । अध्यक्ष सिंहले उक्त घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यानकर्षण भएको बताउँदै सो आराधिक घटनामा संलग्न समूहलाई तत्काल गिरफ्तार गरी कानुनी कार्वाही गर्न आग्रह गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण