शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीको मेयरको चुनाव फेरि हुन सकेन

सोमबार, २३ माघ २०७९, १४ : ५७
सोमबार, २३ माघ २०७९

दिल्लीको मेयरको निर्वाचन सोमबार पनि हुन नसकेपछि नगर निगमको सदन स्थगित भएको छ । पछिल्लो एक महिनामा यस्तो तेस्रो पटक भएको हो ।

एएपी नेता आतिशीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले चुनाव अदालतको निगरानी अन्तर्गत गर्न सकियोस् भनेर पार्टी आज अर्थात सोमबार नै सर्वोच्च अदालतमा जाने जानकारी दिए ।

एएपीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट एक ट्विटमा बीजेपीलाई आरोप लगाएको छ । पार्टीले लेखेको छ, ‘आज पनि भाजपाका पार्षद्हरूले हङ्गामा मच्चाएर दिल्लीको मेयरको चुनाव हुन दिइरहेका छैनन् । आम आदमी पार्टीका पार्षदहरु चुपचाप बसेको प्रस्ट देखिन्छ तर भाजपाका पार्षदहरुले जानाजानी हङ्गामा मच्चाइरहेका छन् ।’

आम आदमी पार्टीका नेता आतिशी र सञ्जय सिंहले पत्रकार सम्मेलन गरेर भाजपामाथि धेरै आरोप लगाएका छन् ।

पार्टीका एक अन्य नेता दिलीप पाण्डेयले एक भिडियो सेयर गर्दै एक ट्विट गरेका छन् । यसमा लेखिएको छ, ‘दिल्लीका मानिस एमसीडी सदनको यो तस्बिर हेरिरहेका छन् । ‘मेयरको चुनाव हुन देऊ’ को नारा बीच आफ्नो अनुहारबाट लोकतान्त्रिक भएको मुखौटालाई भाजपाले लुछेर फ्याँकिसकेको छ । घटिया राजनीतिको अर्को उदाहरण यो देशमा छैन । क्रोश र दुःखको मिश्रित भावले भाजपालाई सद्बुद्धिको प्रार्थना !’

दिल्ली नगर निगमका अध्यक्ष सत्य शर्माको निर्णयलाई उद्धृत गर्दै पीटीआईले मेयर, उपमेयर र स्थायी समितिका सदस्यको निर्वाचन एकैसाथ हुने बताएका छन् ।

मनोनीत सदस्यले मेयरको निर्वाचनमा मतदान गर्न पाउने पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप