दिल्लीको मेयरको चुनाव फेरि हुन सकेन
दिल्लीको मेयरको निर्वाचन सोमबार पनि हुन नसकेपछि नगर निगमको सदन स्थगित भएको छ । पछिल्लो एक महिनामा यस्तो तेस्रो पटक भएको हो ।
एएपी नेता आतिशीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले चुनाव अदालतको निगरानी अन्तर्गत गर्न सकियोस् भनेर पार्टी आज अर्थात सोमबार नै सर्वोच्च अदालतमा जाने जानकारी दिए ।
एएपीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट एक ट्विटमा बीजेपीलाई आरोप लगाएको छ । पार्टीले लेखेको छ, ‘आज पनि भाजपाका पार्षद्हरूले हङ्गामा मच्चाएर दिल्लीको मेयरको चुनाव हुन दिइरहेका छैनन् । आम आदमी पार्टीका पार्षदहरु चुपचाप बसेको प्रस्ट देखिन्छ तर भाजपाका पार्षदहरुले जानाजानी हङ्गामा मच्चाइरहेका छन् ।’
आम आदमी पार्टीका नेता आतिशी र सञ्जय सिंहले पत्रकार सम्मेलन गरेर भाजपामाथि धेरै आरोप लगाएका छन् ।
पार्टीका एक अन्य नेता दिलीप पाण्डेयले एक भिडियो सेयर गर्दै एक ट्विट गरेका छन् । यसमा लेखिएको छ, ‘दिल्लीका मानिस एमसीडी सदनको यो तस्बिर हेरिरहेका छन् । ‘मेयरको चुनाव हुन देऊ’ को नारा बीच आफ्नो अनुहारबाट लोकतान्त्रिक भएको मुखौटालाई भाजपाले लुछेर फ्याँकिसकेको छ । घटिया राजनीतिको अर्को उदाहरण यो देशमा छैन । क्रोश र दुःखको मिश्रित भावले भाजपालाई सद्बुद्धिको प्रार्थना !’
दिल्ली नगर निगमका अध्यक्ष सत्य शर्माको निर्णयलाई उद्धृत गर्दै पीटीआईले मेयर, उपमेयर र स्थायी समितिका सदस्यको निर्वाचन एकैसाथ हुने बताएका छन् ।
मनोनीत सदस्यले मेयरको निर्वाचनमा मतदान गर्न पाउने पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण