सर्लाहीको हिरापुरमा बल्यो बिजुली
सर्लाही । नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम बरहथवा नगरपालिकाले चुक्ता गरिदिने भएपछि बरहथवा नगरपालिका–११ स्थित हिरापुर बस्तीमा बिजुली मिटर वितरण सुरु गरिएको छ ।
बरहथवा–११ का वडाअध्यक्ष नवराज राईले प्राधिकरणको रु १५ लाख ७३ हजार चार सय बक्यौता रकम नगरपालिकाले चुक्ता गरिदिने प्रतिबद्धता जनाएपछि बिजुली मिटर वितरण सुरु गरिएको जानकारी दिए । उनले भने, “अब प्रत्येकको घरमा व्यक्तिगत मिटर जडान गरिएको छ ।”
स्थानीय विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले बिलअनुसार विद्युत् प्राधिकरणलाई रकम नबुझाएपछि गत मङ्सिर २७ गतेदेखि हिरापुरको बिजुली लाइन काटेको थियो ।
प्राधिकरणले लाइन काटेपछि स्थानीयवासी दुई महिनाभन्दा बढी रातको समय टुकी बाल्न बाध्य थिए । स्थानीयवासीले विसं २०६७ देखि ग्रामीण विद्युत् सहकारीमार्फत बिजुली बाल्दै आएका थिए ।
सहकारीले उपभोक्ताले विद्युत् खपत बापतको बिल रकम सङ्कलन गरे पनि प्राधिकरणमा नबुझाएको स्थानीयवासीको गुनासो छ । संस्थाका पदाधिकारीले उपभोक्तासँग लिएको रकम प्राधिकरणमा नबुझाई अपचलन गरेको ठम्याइ गाउँलेको छ ।
विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष तुलसीप्रसाद चालिसेले स्थानीय उपभोक्ताले सब–मिटरमा उठेको बिजुली बिल नतिर्दा संस्थाले विद्युत् बक्यौता तिर्न नसकेको बताए ।
विद्युत् सुचारु भएपछि बरहथवा–११ को वडा कार्यालयसमेत उज्यालो बनेको छ । वडा कार्यालयको सम्पूर्ण काम कारबाही अनलाइन प्रविधिमा पुनः जोडिएको वडा सचिव दीपेन्द्र रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण