आईआई एफ्टीका डिजाइनरले जिते नेशनल डिजाइनर रनवेको उपाधि
काठमाडौँ । ‘नेशनल डिजाइनर रनवे–२०२३’को शीर्ष उपाधि आईआई एफ्टी स्कुल अफ फेसन डिजाइनका विप्लवराज नाग नहरले जितेका छन् । राजधानीमा आयोजित फेसन डिजाइनको प्रतिस्पर्धात्मक कार्यक्रममा अन्य प्रतियोगीलाई पछि पार्दै विप्लवराज विजेता बनेका हुन् । गत बर्षको शीर्ष उपाधि पनि आईआई एफ्टी स्कुल अफ फेसनले नै जितेको थियो ।
जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगितामा विभिन्न फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरू र्याम्पमा समेत उत्रिएका थिए । उनीहरूको प्रस्तुतिका आधारमा विजेता घोषणा गरिएको हो ।
प्रतियोगितामा आई आई एफ्टीकै सावित्रीदेवी राईले फर्स्ट रनर अप र सरला डंगोलले सेकेण्ड रनर अप भए । वर्षा पन्तले भने मस्ट पपुलरको सवटाइल पाएका थिए । कार्यक्रममा निशा श्रेष्ठ, रश्मि तण्डुकार, रजनी तुलाधर, सशीला वन्त, दीपक घिमिरे लगायतले विजेतालाई पुरस्कृत गरेका थिए ।
रोजिन शाक्यको कोरियोग्राफीमा र मोडल सङ्घ नेपाल आयोजक रहेको कार्यक्रमको संयोजक स्वस्ति दंगाल, परमानन्द चौधरी र सोमराज बास्तोला रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण