शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँदरबाट ट्याटु खोपाउने पहिलो व्यक्ति

बुधबार, २५ माघ २०७९, १४ : ४७
बुधबार, २५ माघ २०७९

एक जना व्यक्तिले बाँदरबाट ट्याटु खोपाएका छन् । भेनेजुएलाका आर्टिस्ट तथा सोसल मिडिया इन्फ्लुएन्सर एक सानो बाँदरमार्फत  स्थायी ट्याटु खोपाउने पहिलो व्यक्ति बनेका छन् । 

फङ्की माटास ट्याटुका पारखी हुन् भन्दा फरक पर्दैन । खासमा उनले ट्याटुमा नै विश्व कीर्तिमान राखेका छन् । माटासको ढाडमा २२० भन्दा बढी यस्ता सिग्नेचर ट्याटु छन् जसका कारण उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम नै दर्ता गरेका छन् । तर पछिल्लो पटक उनले जे गरेका छन्, त्यो निकै चाखलाग्दो छ । 

दक्षिण अमेरिकाको समाचार एजेन्सीका अनुसार भेनेजुएलामा जन्मिएका ती इन्फ्लुएन्सरले एउटा बाँदरलाई ट्याटु गन समात्न तालिम दिए र बाँदरलाई नै ट्याटु हान्न पनि लगाए । यो यस्तो खालको पहिलो प्रयोग पनि हो ।

Funky-Matas-monkey‘खासमा मेरो उद्देश्य एनएफटी प्रोजेक्टको लोगो बनाउनु थियो जुन मैले मेरो पार्टनर एन्डी विलियम्ससँग सुरु गरेको थिएँ, द एफएट क्लब,’ फङ्कीले आफ्नो सोसल मिडियामा लेखेका छन् । ‘यद्यपि, गुणस्तरको हिसाबले हेर्ने हो भने यो उत्कृष्ट त छैन तर यी निकै बुद्धिमान जनावरको क्षमता हेर्ने हिसाबले भने यो निकै नै अद्भुत अनुभव थियो ।’

बाँदरले ट्याटु हान्दै गरेको यो प्रक्रिया सोसल मिडियामा पोस्ट हुने बित्तिकै निकै भाइरल भयो । यससँगै यसले बहस पनि निम्त्यायो । केहीले ट्याटुमा यस्तो प्रयोग गरेकोमा फङ्कीको तारिफ गरे भने कतिले मानिसको ध्यान आकर्षित गर्न जनावरको प्रयोग गरेको भन्दै आलोचनासमेत गरे । 

मिश्रित प्रतिक्रियापछि फङ्कीले यस कार्यक्रमका लागि बाँदर र कार्यक्रममा संलग्न सबैको सुरक्षाको ग्यारेन्टी गर्दै सरसफाइका उपायहरू सहित सबै सावधानी अपनाएको स्पष्टीकरण दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप