निर्वाचन प्रणालीबारे प्रधानमन्त्री कार्यालयमा छलफल
काठमाडौँ । निर्वाचन आयोग र विभिन्न राजनीतिक पार्टीका नेताहरुबीच निर्वाचन प्रणालीबारे छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बिहीबार निर्वाचन प्रणालीबारे छलफल भएको हो । यसअघि नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचन प्रणालीबारे अध्ययन प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको थियो ।
सोही आयोगको प्रतिवेदनमा सरकार, आयोग र दलका प्रतिनिधिबीच छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नेपालमा हालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको छ ।
‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्तलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण