प्रदेश सरकार
नवनियुक्त मुख्यमन्त्री शाहको शपथ ग्रहण शुक्रबार
बिहीबार, २६ माघ २०७९, १९ : ३३
कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपा एमालेका नेता राजेन्द्र रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए ।
प्रदेश प्रमुख जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका शाहको शुक्रबार शपथ ग्रहण हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण