अहिलेका कुनै पनि नेताबाट देश बन्दैन : भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेसम्म सत्तामा बसेका नेताहरुबाट मुलुक नबन्ने ठोकुवा गरेका छन् । शुक्रबार विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेता भण्डारीले सो कुरा बताएका हुन् । उनले नेपालको राजनीतिमा समयअनुसारका मुद्दा उठाउन नसकेको स्वीकार्दै त्यसकारण अहिलेसम्म देश बनाउने अधिकार पाएका नेताहरुलाई विदाई गर्न जरुरी रहेको पनि बताए ।
‘हामीले समयअनुसारका मुद्दा उठाउन सकेनौं त्यसकारण अब अहिलेसम्म प्राप्त व्यक्तिहरु, जसले अधिकार प्राप्त गर्नुभयो, मुलुक बनाउने जिम्मा लिनुभयो उहाँहरुबाट मुलुक बन्दैन र उहाँहरुलाई विदा नगरी मुलुक अघि पनि बढ्दैन’, भण्डारीको भनाइ छ । उनले त्यसका लागि हरेक पार्टीमा त्यसका लागि लडाई गर्न जरुरी रहेको पनि बताए । उनले अहिलेका नेताबाट मुलुक बन्दैन भनेर आफ्नै पार्टीमा पनि भनिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण