अहिलेका कुनै पनि नेताबाट देश बन्दैन : भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेसम्म सत्तामा बसेका नेताहरुबाट मुलुक नबन्ने ठोकुवा गरेका छन् । शुक्रबार विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेता भण्डारीले सो कुरा बताएका हुन् । उनले नेपालको राजनीतिमा समयअनुसारका मुद्दा उठाउन नसकेको स्वीकार्दै त्यसकारण अहिलेसम्म देश बनाउने अधिकार पाएका नेताहरुलाई विदाई गर्न जरुरी रहेको पनि बताए ।
‘हामीले समयअनुसारका मुद्दा उठाउन सकेनौं त्यसकारण अब अहिलेसम्म प्राप्त व्यक्तिहरु, जसले अधिकार प्राप्त गर्नुभयो, मुलुक बनाउने जिम्मा लिनुभयो उहाँहरुबाट मुलुक बन्दैन र उहाँहरुलाई विदा नगरी मुलुक अघि पनि बढ्दैन’, भण्डारीको भनाइ छ । उनले त्यसका लागि हरेक पार्टीमा त्यसका लागि लडाई गर्न जरुरी रहेको पनि बताए । उनले अहिलेका नेताबाट मुलुक बन्दैन भनेर आफ्नै पार्टीमा पनि भनिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने