वामपन्थी पार्टीबीच एकताबारे छलफल
काठमाडौं । विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ ।
नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच आज पार्टी एकताको विषयमा छलफल भएको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी एकता, संयुक्त, मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने निर्णय लिइएको छ ।”
सो बैठकले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीबीचमा पार्टी एकता एवम् क्रान्तिकारी ध्रुवीकरणको निम्ति बहस, छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण