आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न म्युनिखको सहज जित

शनिबार, २८ माघ २०७९, २३ : ०७
शनिबार, २८ माघ २०७९

एजेन्सी । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ३–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा १–० गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफमा थप दुई गेल गरेको हो ।

 खेलको ४१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । किङ्सले कोम्यानले खेलको ६१ औं मिनेटमा गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए ।

जितसँगै बायर्नले २० खेलमा ४३ अंक जोडेर बायर्न शीर्ष स्थानमा छ । यता बोचुम १९ अंक जोडेर १५ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप