शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टर्की : भूकम्पले ढलेका घर बनाउने ठेकेदार धमाधम पक्राउ पर्दै

आइतबार, २९ माघ २०७९, १७ : ००
आइतबार, २९ माघ २०७९

सोमबार ७.८ रेक्टर स्केलको भूकम्पका कारण टर्कीमा व्यापक जन धनको क्षति भएको छ । भूकम्पले टर्कीका १० सहरमा अत्यधिक प्रभावित गरेको छ । त्यहाँ निजी घर लगायत गगनचुम्बी भवन पनि भत्किएका छन् । 

ती भवन बनाउँदा भवन संहिताको पूर्ण पालना नगरेको* भन्दै ठेकेदार धमाधम पक्राउ परिरहेका छन् । 

टर्कीमा शक्तिशाली भूकम्पबाट हजारौँ भवनहरू भत्किएपछि भवनको मापदण्डबारे अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जानकारीमा उल्लेख छ । 

अनुसन्धानको एक भागको रूपमा, हालसम्म १२ जनालाई हिरासतमा लिइएको र ११३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बीबीसीले जानकारी दिएको छ ।  

टर्कीमा गत साता गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या हालसम्म २८ हजार पुगेको छ । हालसम्म भवनको भग्नावशेष पूर्ण रूपमा नहटाइएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने राहत कार्यमा संलग्न निकायहरूले बताएका छन् ।

विगतका वर्षहरूमा टर्कीमा भूकम्प गएपछि भवन निर्माणमा कडा नियम लागू गरिएको थियो । यसका बाबजुद, गत हप्ताको भूकम्पमा दक्षिणी टर्कीमा हजारौँ भवनहरू तासको पत्ताजस्तै ढले ।

गाजीअनटेपमा एक बिल्डिङ कम्प्लेक्स  निर्माण गर्ने ठेकेदारलाई शनिवार इस्तानबुलमा पुलिसले हिरासतमा लिएको थियो ।

टर्कीको न्याय मन्त्रालयले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० प्रान्तहरूमा भूकम्प अपराध अनुसन्धान विभागहरू गठन गर्न आदेश दिएको छ र तुरुन्त कारबाही गर्नका लागि प्रमाण जुटाउन आवश्यक भएको भन्दै संदिग्धहरूलाई भाग्न वा प्रमाण नष्ट गर्न नदिने सावधानीका कदमहरू चाल्न निर्देशन दिइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप